भिण्डीका यतिधेरै फाइदा !

नेपालभ्युज

भिण्डीका यतिधेरै फाइदा !

एजेन्सी । प्रायः मानिसलाई भिण्डीको तरकारी भुटेको वा तारेको भए मात्र मन पर्ने पनि हुन्छ । यसका विभिन्न परिकार बन्दछन् । भिण्डी स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ ।

यसमा प्रोटिन, फाइबर, कार्बोहाइड्रेट, फस्फोरस, म्याग्नेशियम, पोटाशियम, सोडियम र कपर पाइन्छ । यसको फाइदा जान्नुभयो भने तपाईंले भिण्डीलाई दिनहुँ आफ्नो खानामा समावेश गर्नुहुनेछ ।

  • भिण्डीमा भिटामिन बी९ जस्तो पोषक तत्व पाइन्छ । जसले मस्तिष्कलाई स्वस्थ राख्न सहयोग गर्छ ।
  • तौल घटाउन समेत भिण्डी स्वस्थकर हुन्छ । यसमा धेरै कम क्यालोरी हुनुका साथै धेरै फाइबर हुन्छ । १०० ग्राम भिण्डीमा जम्मा ३३ क्यालोरी मात्र हुन्छ ।
  • भिण्डीको सेवन गर्नाले मधुमेहका लागि पनि फाइदा गर्छ । यसले मधुमेह कम गर्न सहयोग गर्दछ ।
  • यसले मुटुको रोगबाट बचाउन सहयोग गर्छ ।
  • रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरमा हुने विभिन्न संक्रमण हुन रोक्छ ।
  • यो गर्भवती महिलाका लागि पनि फाइदाजनक मानिन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved