धेरै पानी पिउँदा पनि हुन सक्छ नोक्सान

नेपालभ्युज

धेरै पानी पिउँदा पनि हुन सक्छ नोक्सान

एजेन्सी । जे चीज पनि आवश्यक भन्दा धेरै नोक्सानदायक नै हुन्छ । त्यसरी नै आवश्यक भन्दा धेरै पानी पिउनु पनि स्वास्थ्यका लागि हानीकारक हुन्छ । यसले शरीरमा कैयौं प्रकारका समस्या निम्त्याउन सक्छ ।

जानौं विस्तारमा :

पेट फुल्लिने समस्या

पानीको मात्रा धेरै भएमा पेट फुल्ने समस्या हुन सक्छ । जसले गर्दा वान्ता हुने, टाउको दुख्ने जस्ता समस्या देखिन सक्छ । कतिपय अवस्थामा यस्तो स्थिति गम्भीर पनि बन्न सक्छ ।

मिर्गौलाका लागि हानिकारक

एकदमै धेरै पानी पिउँदा मिर्गौलाले आफ्नो काम सही तरिकाले गर्न सक्दैन । जसले गर्दा मिर्गौलामा समस्या हुन सक्छ । त्यसैले आवश्यकता भन्दा धेरै पानी पिउनु हुँदैन ।

हृदयघात

एकदमै धेरै पानी पिउँदा शरीरमा रगत बढ्छ जसको सिधै असर मुटुमा हुन्छ । जसले गर्दा हृदयघात जस्तो समस्या पनि देखिन सक्छ ।

कमजोर कलेजो

आवश्यकता भन्दा धेरै नै पानी पिउँदा कलेजो कमजोर हुन सक्छ । त्यसैले २४ घण्टामा ३ लिटर भन्दा धेरै पानी पिउँनु हुँदैन ।

मस्तिष्कमा असर

एकदमै धेरै पानी पिउँदा मस्तिष्कका कोषिका सुन्निने समस्या देखिन सक्छ । जसले गर्दा टाउको दुख्ने, आफ्नो कुरा राम्रोसँग भन्न नसक्ने जस्ता समस्याहरु देखिन सक्छन् ।

तौल बढाउँछ

एकदमै धेरै पानी पिउँदा शरीरमा इलेक्ट्रोलाइटको सन्तुलन बिग्रन्छ जसले गर्दा तौल बढ्ने समस्या हुन सक्छ ।

पानी पिउने सही तरिका

दिनहुँ यानिकी २४ घण्टाभित्र ३ लिटर पानी पिउनु स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । साथै यो कुराको ख्याल गर्नुपर्दछ खाना खाएको तुरुन्तै पछि पानी पिउनु हुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved