कफी धेरै पिउँदा मुखमा हुन्छन् यस्ता समस्या

नेपालभ्युज

कफी धेरै पिउँदा मुखमा हुन्छन् यस्ता समस्या

एजेन्सी । जाडो होस् वा गर्मी कफी पिउन सबैलाई मन पर्छ । तर तपाईंले आवश्यक भन्दा धेरै कफी पिउनुभयो भने यसले मुखको स्वास्थ्यमा एकदमै नराम्रो असर पर्न सक्छ ।

स्वास्थ्य विशेषज्ञका अनुसार अत्यधिक कफी पिउँदा मुखमा यस्ता असर पर्न सक्छन् :

  • कफीमा पाइने एसिडले दाँतको इनामेल नष्ट गर्न सक्छ । जसले गर्दा खानाका साना टुक्रा तथा ब्याक्टेरिया दाँतमा बस्न सक्छन् ।
  • धेरै कफी पिउने गर्दा दाँतको घेरा तथा जोडमा कालो तथा खैरो घेरा बन्छ । जसले दाग बन्न सुरु हुन्छ र दाँत फोहोर देखिन्छ ।
  • क्याफिनको मात्रा धेरै भयो भने मुखको नर्वस सिस्टम बिग्रन्छ । जसले गर्दा दाँतमा विभिन्न समस्या देखिन थाल्छन् ।
  • कफी धेरै पिउँदा मुख सुख्खा हुन्छ र र्‍यालको उत्पादन कम हुन्छ । जसले अन्यका खालका स्वास्थ्य जटिलता आउन सक्छ ।
  • क्याफिनका कारण मुखमा व्याक्टेरिया बढ्न थाल्छन् । जसले गर्दा मुखबाट नराम्रो गन्ध आउने समस्या पनि हुन्छ ।
  • धेरै कफी पिउँदा दाँतको इनामेल जान्छ जसले गर्दा दाँत कमजोर हुन्छ । यसरी दाँतमा किरा लाग्ने सम्भावना अत्यधिक हुन्छ ।
  • कफीको धेरै सेवनले दाँत क्रमश: पहेँलो हुँदै जान्छन् । यसलाई सामान्य ब्रस गरेर सेतो हुँदैन ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved