प्रिमियर लिग : चेल्सी र एभर्टनले बराबरी खेले

नेपालभ्युज

प्रिमियर लिग : चेल्सी र एभर्टनले बराबरी खेले

काठमाडौं।  इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एभर्टनले बराबरी खेलेका छन् ।

गएराती चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेल २-२ गोलको बराबरीमा सकिएको हो । चेल्सीका जोआओ फेलिक्स र काई हाभर्टजले गोल गर्दा एभर्टनका अब्दुलाए डोउकाउरे र इलिस सिम्सले गोल गरे । सबै चार गोल दोस्रो हाफमा नै भएको थियो ।

बराबरीसँगै चेल्सी २७ खेलबाट ३८ अंक जोडेर १०औं स्थानमा छ । एर्भटन २८ खेलबाट २६ अंक जोडेर १५औं स्थानमा छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved