शरीर चिलाउने समस्याबाट छुट्कारा पाउन अपनाउनुहोस् घरेलु उपाय

नेपालभ्युज

शरीर चिलाउने समस्याबाट छुट्कारा पाउन अपनाउनुहोस् घरेलु उपाय

एजेन्सी । मौसम परिवर्तन हुँदा हामीले छाला सम्बन्धी समस्याहरुको पनि सामना गर्नुपर्ने हुन्छ । यी सबै समस्याहरु मध्ये शरीर चिलाउने एउटा आम समस्या हो ।

तर यो समस्या जति सामान्य देखिन्छ त्यति सामान्य होइन । किनकि गर्मी समयमा धेरै कारणले गर्दा शरीर चिलाउने गर्दछ जस्तो पसिना, सुख्खापन, डिहाइड्रेशन लगायत अन्य संक्रमण ।

अहिलेको समयमा धेरै मानिसले शरीर चिलाउने समस्याका लागि बजारमा पाइने विभिन्न कस्मेटिक्स क्रिमको प्रयोग गर्दछन् । तर उक्त क्रिममा प्रयोग गरिने रासायनिक पदार्थले शरीरमा अर्को असर पनि गरिरहेका हुन्छन् ।

त्यसैले हामी तपाईंलाई घरेलु उपाय बताउनेछौं जसको प्रयोगले तपाईंलाई चिलाउने समस्या धेरै हदसम्म निको हुनेछ ।

ओट्स र दुधले नुहाउने

ओट्स र दुधलाई मिसाएर एउटा स्क्रब तयार गर्नुहोस् । त्यसका लागि कचौरा लिएर त्यसमा एक कप काँचो दुध र ६ चम्चा जति पिसेको ओट्स मिसाउनुहोस् ।

अब नुहाउनु भन्दा अघि यस स्क्रबलाई आफ्नो पूरै शरीरमा खासगरी चिलाएको ठाउँमा लगाउनुहोस् । हल्का हातले मसाज गर्नुहोस् र नुहाउनुहोस् ।

एक हप्तामै नतिजा देख्न सक्नुहुनेछ । ओट्सले छालालाई मोइस्चराइज गर्ने काम गर्छ । साथै दुधले तपाईंको छालालाई मुलायम बनाउने काम गर्छ ।

नीमले नुहाउने

नीमलाई त एउटा औषधीकै रुपमा मानिन्छ । खासगरी यसलाई छाला सम्बन्धी समस्याहरुका लागि कैयौं औषधीहरुमा पनि यसको प्रयोग गरिन्छ । तपाईं आफ्नो चिलाउने समस्याको समाधानका लागि पनि नीमको पानी प्रयोग गर्न सक्नुहुन्छ ।

यसका लागि ताजा नीमका पातहरुलाई राम्रोसँग धुनुहोस् । त्यसपछि उक्त पातहरुलाई गाढा लेदो तयार गर्नुहोस् र नुहाउने पानीमा मिसाएर नुहाउनुहोस् ।

यसले चिलाउने छालामा एकदमै छिटो असर गर्दछ । नीममा एन्टीब्याक्टेरियल र एन्टीफंगल गुण पाइन्छन् जसले छालाको संक्रमण नष्ट गरी छाला स्वस्थ राख्न मद्दत गर्दछ ।

बरफले सेक्ने

यदि  तपाईंको शरीरको कुनै भाग एकदमै चिलाइरहेको छ र तुरुन्तै त्यसबाट छुट्कारा पाउन चाहनुहुन्छ भने बरफले सेक्न सकिन्छ ।

त्यसका लागि एउटा सुतीको कपडामा बरफका केही टुक्रा बाँध्नुहोस् र चिलाएको ठाउँमा सेक्नुहोस् । यसले चिलाउने समस्या तुरुन्तै निको हुन्छ । तर यो दिर्घकालिन समाधान भने होइन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved