आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

नेपालभ्युज

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । महासङ्घले आजको मूल्य सूची तय गर्दै हिजो मङ्गलबारकै मूल्यमा कारोबार सुरु भएको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार २०० रुपैयाँ कायम छ । हिजो मङ्गलवार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । हिजो एकै दिन १६ सय रुपैयाँले सुनको मूल्य बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ कायम छ । हिजो मङ्गलवार समेत यही मूल्यमा चाँदीको कारोबार भएको महासङ्घले जनाएको छ । हिजो भने एकै दिन चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved