मधुमेहका लागि रामवाण औषधी करेला

मधुमेह यस्तो रोग हो जसले कुनै स्थितिमा कुनै पनि अंगमा आक्रमण गर्न सक्छ हामीलाई थाहै हुँदैन । त्यसैले यसको समयमै पहिचान गरी उपचार गर्न सक्दा यसको दिर्घकालिन असरबाट बच्न सकिन्छ ।

नेपालभ्युज

मधुमेहका लागि रामवाण औषधी करेला

एजेन्सी । हिजोआज मधुमेह वयस्कदेखि युवा युवतीसम्मलाई देखिन थालेको छ ।

मधुमेह आफैमा सामान्य रोग नभएपनि यो यती धेरै व्यक्तिमा देखिन थाल्यो कि मानिसलाई सामान्य लाग्न थालिसक्यो । तर मधुमेह यस्तो रोग हो जसले कुनै स्थितिमा कुनै पनि अंगमा आक्रमण गर्न सक्छ हामीलाई थाहै हुँदैन । त्यसैले यसको समयमै पहिचान गरी उपचार गर्न सक्दा यसको दिर्घकालिन असरबाट बच्न सकिन्छ ।

अनेक उपचार विधिहरु छन् त्यसमध्ये एउटा आयुर्वेदिक उपचार विधिमा पर्छ करेला । यो तरकारीको रुपमा हामीले प्रयोग गरिरहेका हुन्छौं । तर मधुमेहका रोगीले यसलाई औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । जसलाई निम्नअनुसार प्रयोग गर्नुहोस्–

– बिहान बेलुका करेलाको ताजा रस निकाली १ देखि ३ चम्चा नियमित खानाले मधुमेहमा फाइदा गर्छ ।

– करेला काटेर बेलुका पानीमा भिजाइदिने र उक्त पानी बिहान पिउने गर्द मधुमेह छिटै सुधार हुन्छ ।

– मधुमेहका रोगीले बेमौसममा प्रयोग गर्नका लागि पहिले नै करेलालाई काटेर सुकाई धुलो पार्ने र बिहान बेलुका एक एक चम्चाको दरले यो पाउडर खाने गर्दा रगतमा सुगरको मात्रा घट्छ ।

– करेलाको तरकारी, अचार वा सुप नियमित रुपमा खाइरहने गर्दा मधुमेहमा औषधी खाने गर्नु पर्दैन र दीर्घकालिन रुपमा फाइदा पुग्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved