आयुर्वेद अनुसार विभिन्न रोगमा जाइफलको प्रयोग

नेपालभ्युज

आयुर्वेद अनुसार विभिन्न रोगमा जाइफलको प्रयोग

एजेन्सी । हामीले मासु तथा अन्य खानामा प्रयोग गर्ने गरम मसालामा समावेश गरिएको हुन्छ जाइफल । यसले खानामा स्वाद बढाउनुका साथै स्वास्थ्यमा फाइदा पनि गर्दछ ।

आयुर्वेदअनुसार यसलाई विभिन्न रोग निवारकको रुपमा पनि प्रयोग गरिँदै आएको छ ।

अनिद्रा

जाइफल घोटेर दुधमा मिसाई पिउनाले निद्रा लाग्दछ तर यो बढी मिसाएर खाँदा नसा लाग्ने तथा शरीरका लागि हानिकारक पनि हुन सक्छ ।

जीउ दुख्ने र गल्नेमा

जीउ दुखेमा, हातगोडा गलेमा जाइफललाई पानी वा दुधमा पकाई पिउने गर्दा समस्या केही क्षणमै सुधार हुन्छ । तोरीको तेलमा जाइफल थिचेर फुराउने र त्यसलाई जीउमा दल्दा आराम पाइन्छ ।

जोर्नी दुखाइ

जाइफल र तितेपातीको पातलाई तोरीको तेलमा राखी पानी दोब्बर राखेर उमाल्ने र कम आँचमा पकाई पानी सुकाउने । उक्त तेललाई जोर्नी दुखेको ठाउँमा राखी कपडाले बेर्ने गर्दा दुखाइ कम हुन्छ ।

नपुंसकता एवं शीघ्रपतन

एक लिटर दुधमा थोरै जाइफल राखेर पकाउने र त्यसमा एक चम्चा मह र सानो टुक्रा शिलाजित मिसाई पिउने गर्दा नपुंसकता एवं शीघ्रपतन सम्बन्धी समस्या ठीक हुन्छ । यसरी केही महिनासम्म प्रयोग गर्नुपर्दछ ।

अरुचि

भोक नलाग्ने भएमा केही दिन जाइफलको टुक्रा चुस्नाले फाइदा मिल्छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved