यस्ता व्यक्तिहरुले लसुन खानु हुन सक्छ खतरा

नेपालभ्युज

यस्ता व्यक्तिहरुले लसुन खानु हुन सक्छ खतरा

 एजेन्सी। लसुन एउटा औषधीय खाद्य पदार्थ हो जसलाई तरकारीहरुमा राख्दा स्वादसँगै फाइदा पनि पाइन्छ । विशेषगरी यो जाडोको समयमा सेवन गर्नु फाइदाजनक हुन्छ ।

किनकी यसले शरीरमा गर्मी पैदा गर्ने काम गर्छ । साथै यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ र मौसमी विमारीहरुबाट बच्न पनि फाइदाजनक हुन्छ ।

तर कतिपय त्यस्ता व्यक्तिलाई लसुनको सेवन गर्नु हानिकारक पनि हुन सक्छ । धेरै मात्रामा लसुनको सेवनले लिवरमा खराबी पनि गर्न सक्छ । जो व्यक्तिहरुले उल्टी गरिरहेका छन् त्यस्तो व्यक्तिले लसुन खानु हानिकारक हुन्छ । शरीरमा गर्मीका कारण समस्या भइरहेको बेला लसुनको सेवनले शरीरको गर्मीलाई बढाउने काम गर्छ । जसले गर्दा पेट पोल्ने समस्या हुन्छ ।

रगतलाई धेरै पातलो बनाउने गुण पनि लसुनमा पाइन्छ । त्यसैले यदी तपाईं रगतलाई पातलो गर्ने औषधीको सेवन गरिरहनु भएको छ भने त्यस्तो बेला लसुनको सेवन गर्नु हुँदैन । यसले समस्या बढ्ने सक्ने सम्भावना हुन्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved