युक्रेनभर रुसको रकेट आक्रमण

नेपालभ्युज

युक्रेनभर रुसको रकेट आक्रमण

एजेन्सी। रुसले युक्रेनका विभिन्न सहरमा आक्रमण तिव्र बनाएको छ । रुसले खार्किभ र ओडेसाका आवासीय भवन र पूर्वाधारमा प्रहार गरी युक्रेनभर क्षेप्यास्त्र आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्।

आक्रमणले धेरै क्षेत्रहरूमा बिजुली अवरुद्ध भएको क्षेत्रीय प्रमुखहरूले जानकारी दिएका बीबीसीले जनाएको छ ।  ओडेसाको बन्दरगाह सहरमा रहेको ऊर्जा केन्द्रमा सामूहिक क्षेप्यास्त्र आक्रमण हुँदा विद्युत् कटौती भएको यसका गभर्नर म्याक्सिम मार्चेन्कोले बताए।

आवासीय क्षेत्रमा पनि क्षति पुगेको तर मानवीय क्षति भने नभएको उनले बताए । पूर्वी सहर निप्रो र अन्य क्षेत्रहरूमा थप आक्रमण भएको पनि युक्रनी अधिकारीले जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved