स्मार्टच्वाइस टेक्नोलोजिज र हिमालयन बैंकबीच मोबाइल बैंकिङ्ग भुक्तानीसम्बन्धी सम्झौता

नेपालभ्युज

स्मार्टच्वाइस टेक्नोलोजिज र हिमालयन बैंकबीच मोबाइल बैंकिङ्ग भुक्तानीसम्बन्धी सम्झौता

काठमाडौं। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैंक (हिमालयन बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।

थपिएको यस सेवाबाट मोबाइल बैंकिङ एप एचआई– एमबी प्रयोगकर्ताहरूले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटललगायत स्मार्ट क्यूआरमा आबद्ध भएका मर्चेन्टमार्फत वस्तु तथा सेवाको भुक्तानी गर्दा सजिलै भुक्तानी गर्न सकिनेछ।

यसैगरी, हिमालयन बैंकका मर्चेन्टहरूले पनि स्मार्ट क्यूआरमा आवद्ध भएका बैंक तथा बित्तिय संस्थाका ग्राहकहरू मार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

ईएमभी स्ट्यान्डर्डमा जारी गरी फाइनेन्सियल स्वीचमार्फत कारोबारको भुक्तानी तथा फर्स्योट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइ बनेको राष्ट्रिय वाणिज्य बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

यस सम्झौतापश्चात् राष्ट्रिय वाणिज्य बैंकका ग्राहक महानुभावहरूले एससीटी यूपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्नेछन् । साथै, एससीटी युपीआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, ई-कमर्स जस्ता सेवा सजिलै लिन सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved