राष्ट्रपति निर्वाचनपछि कांग्रेस–एमालेको सरकार बन्न सक्ने भारतीय पूर्वराजदूतको दाबी

नेपालभ्युज

राष्ट्रपति निर्वाचनपछि कांग्रेस–एमालेको सरकार बन्न सक्ने भारतीय पूर्वराजदूतको दाबी

काठमाडौं। नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले राष्ट्रपति चुनावपछि नेपालमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बन्न सक्ने सम्भावना औंल्याएका छन्।

भारतीय अखबार डेक्कन हेराल्डमा आफ्नो विचार एक लेखमार्फत् सार्वजनिक गर्दै पूर्व राजदूत रेले सन् २०१३ मा जस्तै कांग्रेस र एमाले गठबन्धन सरकार बन्ने सम्भावना भएको बताएका हुन् ।

उनले एमाले र माओवादी गठबन्धन असफल भएर अहिले कांग्रेस र माओवादी गठबन्धन बनेको भन्दै तेस्रो विकल्पको रूपमा कांग्रेस–एमालेबीचको गठबन्धनको सम्भावना रहेको औंल्याएका हुन्। ‘नेपालमा २०७० को दोस्रो संविधानसभा चुनावपछि जस्तै दुई ठूला दलहरू कांग्रेस र एमाले एकै ठाउँमा आउने सम्भावना रहेको छ’ उनले लेखमा भनेका छन्।

नेपालको राजनीतिक अस्थिरता भए पनि भारत नेपालसँग जोडिनुपर्छ भन्ने आशयको आलेखमा रेले यस्तो बताएका हुन् । पूर्वराजदूत रे भारतीय कांग्रेस आईसँग निकट प्रशासक हुन्। तर, पछिल्लो समय उनले कांग्रेस आईसँगको सम्बन्ध त्यागेको अनुमान गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved