सडक मर्मत अलपत्र पार्ने ठेकेदारविरुद्ध उपप्रधानमन्त्री श्रेष्ठले फिल्डमै पुगेर भने ‘अब सहँदैनौं’

नेपालभ्युज

सडक मर्मत अलपत्र पार्ने ठेकेदारविरुद्ध उपप्रधानमन्त्री श्रेष्ठले फिल्डमै पुगेर भने ‘अब सहँदैनौं’

काठमाडौं। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कमलविनायक–नगरकोट सडक मर्मतको अवस्था बुझ्दै अलपत्र छाड्ने ठेकेदारलाई अब छुट नदिने बताएका छन्।

उनले ठेकेदारको उपेक्षाको कारण सडक मर्मत अलपत्र परेको भन्दै अब सरकारले सहेर नबस्ने बताएका हुन्। बिहीबार बिहानै भारतीय राजदूत समेतलाई लिएर उपप्रधानमन्त्री श्रेष्ठ फिल्डमै पुगेका थिए।

सोही अवसरमा स्थानीयको गुनासो सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले सडक मर्मत नहुनुमा अरु कुनै पनि कारण नभएको भन्दै ठेकेदार कम्पनीले उपेक्षा गरेको र अब सरकारले नसहने बताए। ‘तपाईंहरूको गुनासो जायज छ’ स्थानीयसँग उनले भने–‘अब ठकेदारको बद्मासी र उपेक्षा सहँदैनौं,सरकारले काम गरेर देखाउनेछ।’

उनले जनताले चिन्ता र चासो व्यक्त गर्ने ठाउँ भएको र त्यसलाई आफूले गम्भीर रूपमा लिएको भन्दै अहिलेसम्मको जनताको धैर्यतालाई सम्मान गर्ने बताए।
कमलविनायक–नगरकोट सडकखण्ड शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।

शैलुङ कन्ट्रक्सन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको कम्पनी हो। पटक–पटक म्याद थप्दा पनि निर्माणको ढिलासुस्तीले जनताले दुःख पाउँदै आएका छन्।

मन्त्री श्रेष्ठसँगै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधिसहितको टोलीले सडक अनुगमन गरेको हो ।

यो सडक आयोजनामा भारतीय एक्जिम बैंकको आर्थिक सहयोग रहेकाले स्थलगत अनुगमनमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सडक अनुगमन टोलीमा सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved