निर्मला कुर्मी प्रकरण : अनुसन्धानका लागि बन्यो फेरी अर्को समिति

नेपालभ्युज

निर्मला कुर्मी प्रकरण : अनुसन्धानका लागि बन्यो फेरी अर्को समिति

काठमाडौं । बाँकेको निर्मला कुर्मी बेपत्ता प्रकरणको अनुसन्धान गर्न फेरी अर्को समिति गठन गरिएको छ ।

गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालय, नक्सालले सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक  राजेन्द्र आचार्यको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

समितिका सदस्यहरुमा सीआईबीका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी, प्रहरी प्रधान कार्यालय, कानून शाखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद सोती, सीआईबीका डीएसपी मदनजित महरा र रामकृष्ण पाठक रहेका छन् ।

यसअघि  २१ पुसमा छानबिन समिति बनेको थियो भने पहिल्यै सरकारले गृह मन्त्रालयका सह–सचिव हिरालाल रेग्मीको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved