सुशासन र विकास सरकारको प्राथमिकता : प्रधानमन्त्री

नेपालभ्युज

सुशासन र विकास सरकारको प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताएका छन्।

गोरखाको आफ्नै निर्वाचन क्षेत्रमा अवस्थित विकास हाइड्रोको सोमबार बालुवाटारबाटै भर्चुअलरूपमा टरबाईन सञ्चालन गरी उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र विकासका काममा सरकार केन्द्रित रहेको समेत बताए।

गोरखा जिल्लाको हाइड्रोको उदघाटन विकासको सुरुवात भएको भन्दै प्रधानमन्त्रीले विगतका दिनहरूमा राजनीतिक स्थिरता कायम गर्न चुनौति भए पनि यसपटक आफू स्थायित्व दिन प्रतिबद्ध रहेको बताए ।

संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि नयाँ आधार तयार भएको भन्दै प्रधानमन्त्रीले हाइड्रो निर्माणमा संलग्न गैरआवासीय नेपालीहरू र स्थानीय लगानीकर्ताहरूको योगदानको प्रशंसा गरे । प्रधानमन्त्री प्रचण्डले १३२ केभिएको ट्रान्समिसन लाइन धार्चे गाउँपालिका माछाखोलामा निर्माणको लागि सरकारले तत्काल काम शुरु गर्नेसमेत बताए ।

गोरखा जिल्लाको उत्तरी भूभागमा पर्ने धार्चे गाउँपालिकामा रहेको बूढीगण्डकी नदिको सहायक नदी माछा खोलामा करिब १ अर्ब लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनामा सेयरधनीको ३५ प्रतिशत लगानी र राष्ट्रिय वाणिज्य बैंकको ६५ प्रतिशत ऋण लगानी रहेको छ।

यस आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौताअनुुसार २०८० साल आषाढ ३० गते विद्युत् उत्पादन सम्पन्न गर्ने लक्ष्य रहे पनि सो मिति भन्दा ६ महिना अगावै सम्पूर्ण निर्माणकार्य सम्पन्न गरी उत्पादन सुरु गरेको हो।

विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित यो आयोजना ४.५५ मेगावाटको रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved