बाटो नभएको ठाउँमा पुल बनाएर करको दुरुपयोग गरेको भन्दै ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

बाटो नभएको ठाउँमा पुल बनाएर करको दुरुपयोग गरेको भन्दै ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। गण्डकी प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।उनीहरुले ५ करोड ४५ लाख ५२ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप  छ ।

गोरखाको गोरखा नगरपालिका वडा नम्बर ३ जरेवरस्थित दरौदी नदीमाथि बटो नभएको स्थानमा पुल बनाएर जनताको करको पैसा दुरुपयोग गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मद्दा दायर गरेको छ।

भौतिक पूर्वधार मन्त्रालयका सचिव मरहठ्ठाले परामर्शदातासँग सम्झौतामा हुँदै नभएको र पुलको स्थान, नाम र डिजाइन परिवर्तन स्वीकृत गरेको पाइएको अख्तियारले जनाएको छ । उनीसँग ५ करोड ४५ लाख बिगो कायम गरी कैद र जरिवाना र हानि-नोक्सानी असुल उपर गर्न मागदाबी गरेको बुझिएको छ।

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले श्रेष्ठमाथि काल्पनिक सडकको नाम दिई खोलामा पुल बनाइएको भन्दै ५ लाख ७१ हजार बिगो मागदाबी गरेको छ ।
इन्जिनियर ओमराज ढुङ्गानामाथि बदनियतपूर्वक गुरु योजना बनाएको आरोप लगाएको छ ।

गण्डकी प्रदेशको अघिल्लो सरकारको पालामा भौतिक पूर्वाधारमन्त्री रहेका रामशरण बस्नेतले बाटो नभएको स्थानमा पुल निर्माण गरेको भन्दै आलोचना भएको थियो। तर,उक्त ठाउँमा अहिले बाटो जोडिइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved