अर्थतन्त्र सुधारोन्मुख छ, धेरै निराश नहुनुस् : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपालभ्युज

अर्थतन्त्र सुधारोन्मुख छ, धेरै निराश नहुनुस् : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं।  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रका धेरै सूचकहरू सुधारोन्मुख देखिएको भन्दै व्यवसायीलाई धेरै निराश नहुन आग्रह गरेका छन्।

नेपालगञ्ज उद्योग वाणिज्य संघको २१औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिलेको भन्दा परिस्थिति नबिग्रने बताए। ‘अर्थतन्त्रका धेरै सुचकहरू विस्तारै-विस्तारै सकारात्मक हुँदै आएका छन्। हामी व्यवसायीहरू जस्तोसुकै असजिलो आउँदा पनि हड्बडाउनु हुँदैन’, उनले भने, ‘नैराश्यताले हामी आफैँलाई हानी गर्छ।’

छिमेकी राष्ट्र श्रीलंकाको अर्थतन्त्रमा समस्या देखिएको हुनाले नेपालले केही कसिलो नीतिहरू अपनाउँदा नेपालको अर्थतन्त्रमा समस्या देखिएको र व्यवसायीहरू मर्कामा परेको बताउँदै त्यो कुरालाई मध्येनजर गरी सरकार तथा नियामक निकायले तुरुन्तै कोर्स करेक्सन गरेकोले अर्थतन्त्रमा विस्तारै सहज स्थिति आउने उनले बताए।

‘हामीले हाम्रो तर्फबाट गरेको निरन्तर पैरवी र पहलकै कारण नेपाल राष्ट्र बैंक र सरकारले केही कुराहरूमा लचिलो नीति अवलम्बन गरेको छ’, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने, ‘जसले गर्दा अहिले हामीलाई हाम्रो व्यवसाय गर्न केही सहज भएको छ। हामी केन्द्रीय नेतृत्व निदाएर बसेका छैनौँ।’

आफू उपस्थित हुने हरेक कार्यक्रममा बैंकको ब्याजसम्बन्धी कुराहरू उठ्ने गरेको बताउँदै उनले कुनै एक बैंक वा वित्तीय संस्थाको सञ्चालकले मात्र ब्याजदर परिवर्तन गर्न असम्भव रहेको बताए। ‘धेरै साथीहरूले बैंकको सञ्चालक भएकै कारण मैले चाहेको खण्डमा ब्याजदर घटाउन सक्ने र बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव समाधान हुने खालको अभिव्यक्तिहरू दिने गर्नुभएको छ’, उनले भने, ‘म के कुरा स्पष्ट पार्न चाहन्छु भने यो कुनै एउटा बैंकको सञ्चालक वा लगानीकर्ताले निर्धारण गर्ने वा चाहनाले परिवर्तन गर्ने कुरा होइन।’

यस्तै, उनले महासंघको नेतृत्वले गरेको निरन्तर पहलकै कारण नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले व्यवसायीहरूका धेरै गुनासाहरू सम्बोधन गरेको स्पष्ट पारे।

‘हामीले हाम्रो तर्फबाट गरेको निरन्तर पैरवी र पहलकै कारण नेपाल राष्ट्र बैंक र सरकारले केही कुराहरूमा लचिलो नीति अवलम्बन गरेको छ। जसले गर्दा अहिले हामीलाई हाम्रो व्यवसाय गर्न केही सहज भएको छ। हामी केन्द्रीय नेतृत्व निदाएर बसेका छैनौँ’, उनले स्पष्ट पारे, ‘तपाईं, हामी व्यवसायीहरूको समस्या केन्द्रसम्म पुर्‍याउने काम नै गरिरहेका छौँ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved