राप्रपाको निर्णय : उम्मेदवारको पक्षमा समर्थक वा प्रस्तावक नबस्ने

नेपालभ्युज

राप्रपाको निर्णय : उम्मेदवारको पक्षमा समर्थक वा प्रस्तावक नबस्ने
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्षमा समर्थक वा प्रस्तावक नबस्ने भएको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आफ्ना मतदातालाई समर्थक वा प्रस्तावक नबस्न निर्देशन दिएको नेता राजाराम श्रेष्ठले जानकारी दिए। राष्ट्रपति पदमा उम्मेदवार छनौट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा भएको छलफलमा पार्टीले लिएका मुद्दा स्थापित गर्न राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने सुझाव आएको थियो ।

धुम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा भएको बैठकमा केही नेताले उक्त प्रक्रियामा वैचारिक रुपमा निकट उम्मेदवारका पक्षमा सहभागिता जनाएर पार्टीको भूमिकालाई प्रभावकारी बनाउन माग गरेका थिए । विभिन्न दलका नेताबाट सहयोगका लागि आएका प्रस्तावबारे अध्यक्ष लिङ्देनले बैठकमा जानकारी गराएका थिए । निर्वाचनका सन्दर्भमा पछिल्लोपटक विकास भएका राजनीतिक घटनाक्रम, समसामयिकलगायत छलफल केन्द्रित गरिएको थियो ।

निर्णयका क्रममा नेताहरूका बीच मतभेद बढेर विवाद भएपछि निर्वाचन अगावै उम्मेदवारलाई मतदान गर्ने वा तटस्थ बस्ने भन्नेबारे निर्णय गर्न अर्को बैठक बोलाइने भएको छ । निर्वाचन आयोगले यही फागुन १३ गते भोलि राष्ट्रपति पदको मनोनयन गर्न र २५ गते मतदानको समय तोकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved