आईएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता

नेपालभ्युज

आईएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता

आईएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार मेटलाइफ इन्स्योरेन्सका सेवाग्राहीहरूले इन्स्योरेन्स पोलिसी नवीकरणवापतको शुल्क आईएमई पेमार्फत भुक्तान गर्न सक्नेछन् ।

सम्झौतापत्रमा आईएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेका हुन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आईएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।

मेटलाइफको सहायक कम्पनीको रूपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो ।

नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरूलाई जीवन बिमा, दुर्घटना तथा स्वास्थ्य बिमा, र कर्मचारी लाभ (समूह बिमा) जस्ता सुविधाहरू प्रदान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved