चाँदीको बढ्दा सुनको मूल्य स्थिर

नेपालभ्युज

चाँदीको बढ्दा सुनको मूल्य स्थिर

काठमाडौं। आज सुनको मूल्य स्थिर कायम भएको  छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको कारोबार भाउ निर्धारण गर्दै सुनको मूल्य स्थिर रहे पनि चाँदीको मूल्य बढेको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ३०० रुपैयाँ कायम थियो । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । मंगलबारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर तोलामा १२ सय ९५ रुपैयाँ कायम रहेको  महासङ्घले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved