लिभरपुलमाथि रियल मड्रिडको सानदार पुनरागमन जित

स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब लिभरपुलमाथि सानदार जित हासिल गरेको छ। युइएफए  च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको पहिलो लेगमा रियलले घरेलु टोली लिभरपुलमाथि ५–२ गोलको जित दर्ता गरेको हो।

नेपालभ्युज

लिभरपुलमाथि रियल मड्रिडको सानदार पुनरागमन जित

काठमाडौं। स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब लिभरपुलमाथि सानदार जित हासिल गरेको छ। युइएफए  च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको पहिलो लेगमा रियलले घरेलु टोली लिभरपुलमाथि ५–२ गोलको जित दर्ता गरेको हो।

रियलको सानदार जितका लागि भिनिसियस जुनियर र कप्तान करिम बेञ्जेमाले समान २–२ गोल गरे। यस्तै, एडर मिलिसाओले १ गोल गरे।  लिभरपुलका डार्विन नुनेज र मोहम्मद सलाहले १–१ गोल गरे।
खेलको सुरुआती १४ मिनेटमा लिभरपुलले २–० अग्रता लिइसकेको थियो। तर त्यसलाई जोगाउन सकेन।

२१औं मिनेटमा भिनिसियसले पेनाल्टी बक्सभित्रबाट गोल गर्दै रियललाई खेलमा फर्काए। त्यसपछि ३६औं मिनेटमा दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए।

४७औं मिनेटमा एडर मिलिसाओले गोल गर्दै रियललाई ३–२ को अग्रता दिलाए। ५५औं मिनेटमा कप्तान बेञ्जेमाले गोल गर्दै रियललाई ४–२ को अग्रतासहित जिततर्फ अग्रसर गराए। कप्तान बेञ्जेमाले ६७औं मिनेटमा व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौं गोल गरे।

यो जितसँगै रियलले लिभरपुलसँगको अपराजित यात्राको शीलशीलालाई ६ खेलसम्म पु¥याएको छ। लिभरपुलविरुद्ध रियलले ५ जित र १ बराबरीको नतिजा निकालेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved