विराटनगर पुगेर ओलीले भने- एमाले उम्मेदवारलाई माओवादीले सहयोग गर्नेमा शंका छैन

नेपालभ्युज

विराटनगर पुगेर ओलीले भने- एमाले उम्मेदवारलाई माओवादीले सहयोग गर्नेमा शंका छैन

काठमाडौं। राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर सत्ता गठबन्धन भत्कनसक्ने चर्चा चलिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गरेका छन्।

विराटनगर विमानस्थलमा आइतबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले एमालेको उम्मेदवारलाई राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले सहयोग गर्ने विषयमा कुनै शंका उपशङ्का गर्ने ठाउँ नरहेको बताए।

‘‘राष्ट्रपति एमालेकै हुन्छ। अहिलेको सत्ता समीकरणको जन्म कुण्डलीमै त्यसबारे स्पष्ट व्याख्या गरिएको छ’’ पूर्वप्रधानमन्त्री ओलीले भने।

यसबारे पौष १० गते नै सहमति भइसकेको उनले बताए। राष्ट्रपतिका लागि फागुन १३ गते एमालेले आफ्नो उम्मेदवार अघि सार्ने उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved