आगलागीमा परी मध्य टर्कीमा सात जना भूकम्पपीडितको मृत्यु

नेपालभ्युज

आगलागीमा परी मध्य टर्कीमा सात जना भूकम्पपीडितको मृत्यु

अङ्कारा । टर्किको मध्य शहर कोन्यामा अस्थायी आश्रयस्थलमा रहेका सात जना भूकम्प पीडितको शुक्रबार आगलागीमा मृत्यु भएको छ । यही फेब्रुअरी ६ मा आएको शक्तिशाली भूकम्पबाट बाँचेका ती व्यक्तिहरूले आगलागीमा परी ज्यान गुमाएका छन् । मारिएका सात जना सिरियाली परिवारका सदस्यहरू रहेको बताइएको छ ।

अनाडोलु एजेन्सीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सम्भवतः रातको समयमा विद्युतीय हिटर वा स्टोभमा आएको खराबीका कारण आगो लागेको हुन सक्ने बताएको छ ।

सन् २०११ मा अरब देशमा गृहयुद्ध शुरु भएपछि लाखौं सिरियाली शरणार्थीहरू हाल टर्किमा बसिरहेका छन् । टर्कीका अधिकांश सिरियालीहरू गरिबीमा बाँचिरहेका छन् । भर्खरै गएको भूकम्पले उनीहरूको पहिलेदेखि नै पीडादायी जीवनमा थप तनाव थपेको छ ।

फेब्रुअरी ६ मा ७.७– र ७.६ म्याग्निच्युडका शक्तिशाली दुईवटा भूकम्पका कारण दक्षिणी तुर्किएमा ३८ हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएका थिए ।  सिन्ह्रा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved