पाँच वर्षसम्म अहिलेको गठबन्धन कायम रहन्छ – विष्णु पौडेल

उपाध्यक्ष पौडेलले  सञ्चारमाध्यमलाई हल्लाका पछि लागेर समाचार नबनाउन अनुरोध गरे ।

नेपालभ्युज

पाँच वर्षसम्म अहिलेको गठबन्धन कायम रहन्छ – विष्णु पौडेल

धनगढी। नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाँच वर्षसम्म अहिलेको गठबन्धन अघि बढ्ने बताएका छन् ।

नेकपा एमालेको ग्राउन्डरुट अभियान अन्तर्गत धनगढीमा आयोजित प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा पौडेलले अहिलेको गठबन्धन नै राष्ट्रको आवश्यकता रहेको दाबी पनि गरे ।

उपाध्यक्ष पौडेलले  सञ्चारमाध्यमलाई हल्लाका पछि लागेर समाचार नबनाउन अनुरोध गरे । उनले राष्ट्रपति निर्वाचनमा सहमति अनुसार नै अघि बढ्ने भन्दै छिट्टै पार्टीले उम्मेदवारको पनि टुङ्गो लगाउने बताए ।

राष्ट्रपतिमा मात्रै नभएर देशको आर्थिक विकासमा पनि राष्ट्रिय सहमति आवश्यक हुने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved