सर्वोच्चमा कार्यरत कर्मचारीलाई अतिरिक्त भत्ता दिन सकिँदैन : अर्थ मन्त्रालय

नेपालभ्युज

सर्वोच्चमा कार्यरत कर्मचारीलाई अतिरिक्त भत्ता दिन सकिँदैन : अर्थ मन्त्रालय
फाइल फाेटाे

काठमाडौं । अर्थ मन्त्रालयले सर्वोच्च अदालतमा  अतिरिक्त दुई घण्टा काम गरेको भत्ता नदिने निर्णय गरेको छ । सर्वोच्चले गत साउन तीन गते नै अर्थ मन्त्रालयमा प्रत्येक शुक्रबार अतिरिक्त २ घण्टा काम गरेवापतको रकम निकासाका लागि अर्थसँग माग गरेको थियो ।

अर्थले सर्वोच्चमा कार्यरत दरबन्दीको आधारमा गत साउनदेखि हालसम्म अतिरिक्त भत्ताको रकम एक करोड ५३ लाख रुपैयाँ आवश्यक पर्ने र सो रकम बजेटमा समावेश नभएकाले भुक्तानी गर्न नसकिने पत्रमा उल्लेख गरिएको छ ।

२०७४ सालदेखि हरेक शुक्रवार  सरकारी कार्यालय समयभन्दा २ घण्टा बढी सर्वोच्च अदालतका कर्मचारीहरुले काम गर्दै आइरहेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved