जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

नेपालभ्युज

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति  बैठक

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा), नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही फागुन ७ गते शनिबार बस्ने गरी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।

विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिलगायतका एजेण्डाहरूमा बैठक केन्द्रित हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा फागुन ७ गते बस्ने उक्त बैठकले राष्ट्रपति चुनावको विषयमा पनि छलफल गर्ने जनाएको छ । बैठक बिहान ११ बजे सुरु हुने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved