आईएमई पे र क्यूएफएक्स सिनेमाजबीच सम्झौता, मुभी टिकटमा रू. ५० को फ्ल्याट क्यासब्याक

नेपालभ्युज

आईएमई पे र क्यूएफएक्स सिनेमाजबीच सम्झौता, मुभी टिकटमा रू. ५० को फ्ल्याट क्यासब्याक

काठमाडौं। आईएमई पे र क्यूएफएक्स सिनेमाजबीच आईएमई पे डे एट क्यूएफएक्स नामक अफरको सम्झौता भएको छ । यस अफरअन्तर्गत ग्राहकवर्गहरूले क्यूएफएक्स सिनेमाजको वेबसाइट र एप्लिकेसनबाट आईएमई पे रोजी बुधबारको दिन मुभी टिकटको भुक्तानी गर्दा रु. ५० को फ्ल्याट क्यासब्याक हरेक हप्ता प्राप्त गर्न सक्नुहुन्छ ।

यो अफर अवधिभरको हरेक बुधबारको खरिदमा मात्र लागू हुनेछ । अफरका लागि निर्दिष्ट गरिएका शर्त अनुसार प्रयोगकर्ताहरूले एक दिनमा एकपल्ट मात्र यो अफर अन्तर्गतको लाभ प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यसपश्चात् प्रयोगकर्ताहरूले पुनः अर्को बुधबार मात्र सो अफरको फाइदा उठाउन सकिनेछ । साथै, आगामी दिनहरूका लागि लाइभ भएको टिकटहरू पनि बुधबारका दिन खरिद गर्दा ग्राहकहरूले सो छुट पाइनेछ । यो अफर क्यूएफएक्स सिनेमाजको ११ वटा हलहरूमा लागू भएको छ ।

मंगलबार राजधानी काठमाडौंमा आयोजित सम्झौता आदान-प्रदान कार्यक्रममा बोल्दै आईएमई पेका प्रमुख व्यापार अधिकृत आमोद भट्टराईले सो अफर डिजिटल भुक्तानी माध्यममा प्रोत्साहन दिन उचित कदम हुने धारणा पनि व्यक्त गरे ।

त्यस्तै, क्यूएफएक्स सिनेमाजका व्यापार विकास प्रमुख तृप्ति गिरीले आईएमई पेसँग आबद्ध भई यो अफरमार्फत् मुभी प्रेमीहरूलाई सहज हुने र अझ बढी ग्राहकहरू आकर्षित हुने विश्वास व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved