प्रहरीको गाडी तोडफोड र आगजनी गर्ने ६ जना पक्राउ

नेपालभ्युज

प्रहरीको गाडी तोडफोड र आगजनी गर्ने ६ जना पक्राउ

काठमाडौँ । सोमबार गोंगबु क्षेत्रमा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्याण्ड तोडफोड तथा आगजनी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त दिन यातायात मजदुर संघ तथा संगठनले गोंगबु क्षेत्रमा ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरिएको थियो ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूउपर मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सो घटनामा संलग्न रहेको आशंकामा अन्य ९/१० जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिई सोधपुछ तथा छानबिन कार्य भइरहेको प्रहरीले जनाएको छ ।

गोंगबुमा सोमबार भएको घटनामा प्रहरीको दुईवटा गाडी पूर्ण रूपमा जलेर नष्ट भएको थियो । आन्दोलनकै क्रममा दुईवटा मोबाइल पसलबाट करोडौंको सामान लुटपाटसमेत भएको थियो । सो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग सर्वत्र उठेसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले समेत प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत सुरक्षा निकायका प्रमुखलाई बोलाएर कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved