मुस्ताङको कालीगण्डकीमा बस खस्यो, सबै यात्रु घाइते

नेपालभ्युज

मुस्ताङको कालीगण्डकीमा बस खस्यो, सबै यात्रु घाइते

काठमाडौं। मुस्ताङको जोमसोमबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस मुस्ताङकै थासाङ गाउँपालिका–३ मा दुर्घटना भएको छ । बस सडकबाट कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् ।

मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खसेको जनाइएको छ । १७ जना यात्रु लिएर जोमसोमबाट छुटेको ना.७ ख ७४४० नम्बरको बस नदीमा खस्दा बसमा सवार सबै यात्रु घाइते भएको जनाइएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सडकबाट बस करिब ४५ मिटर तल कालीगण्डकीमा खसेको हो । बस सिधै पानीमा खसेको र प्रहरी कार्यालय नजिक भएका कारण उद्धार भइरहेको प्हरीले जानकारी दिएको छ ।

गम्भीर दुई जनासहित अन्य १४ जना घाइतेलाई थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइको छ । अन्य तीन जना सामान्य घाइतेको थासाङ–३ स्थित स्थानीय लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved