एभर्टनलाई हराउँदै लिभरपुल नवौँ स्थानमा

नेपालभ्युज

एभर्टनलाई हराउँदै लिभरपुल नवौँ स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एभर्टनलाई हराएको छ । गएराती भएको खेलमा लिभरपुलले एभर्टनलाई २-० गोल अन्तरले हराएको हो ।

लिभरपुलको लागि खेलको ३६ औं मिनेटमा मोहम्मद सलाह र ४९ औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।

यस जितसँगै लिभरपुलले २१ खेलमा ३२ अंकका साथ  नवौं स्थानमा रहेको छ । एभर्टन १८ औं स्थानमा रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved