अध्यक्ष नेपाल र मुख्यमन्त्री शाहबीच भेट

नेपालभ्युज

अध्यक्ष नेपाल र मुख्यमन्त्री शाहबीच भेट

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहसँग भेटवार्ता गरेका छन् ।

एकीकृत समाजवादीको समेत समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता शाहले सोमबार आफ्नै कार्यकक्षमा अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् ।

भेटघाटमा अध्यक्ष नेपाल र मुख्यमन्त्री शाहबीच समसामयिक र राजनीतिक विषयमा छलफल भएको छ । भेटमा नेपालले मुख्यमन्त्री शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा समाजवादीको एक मन्त्री छन् । मुख्यमन्त्री शाहले विश्वासको मतका लागि पहल गरिदिन पनि अध्यक्ष नेपालसँग आग्रह गरेका थिए । विस्वासको मत लिएपछी मात्रै मन्त्रपिरिषद विस्तार हुने बारेमा समेत अध्यक्ष नेपाल र मुख्यमन्त्री शाहबिच कुराकानी भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved