लुम्बिनीमा मन्त्रिपरिषद्ले पायो पूर्णता, ७ मन्त्री थपिए, आइतबार शपथ

नेपालभ्युज

लुम्बिनीमा मन्त्रिपरिषद्ले पायो पूर्णता, ७ मन्त्री थपिए, आइतबार शपथ
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । मुख्यमन्त्री गिरीले शनिबार ७ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
एमालेबाट विष्णुप्रसाद पन्थी, दुर्गाप्रसाद चौधरी र तुलसीराम शर्मा, माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित थारु, जनमत पार्टीबाट चन्द्रकेश गुप्ता र राप्रपाबाट जानकीप्रसाद यादव मन्त्री बनेका छन् ।
प्रदेश प्रमुखको कार्यालयले आइतबार १ बजे शपथ ग्रहण हुने जनाएको छ । प्रदेश प्रमुखको सचिवालयका अनुसार माओवादीका संसदीय दलका नेता जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री, माओवादीका इन्द्रजित थारु भौतिक पूर्वाधार विकासमन्त्री, एमालेका विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री, माओवादीकी कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री बनेका छन् ।
यस्तै एमालेका दुर्गाप्रसाद चौधरी वन तथा वातावरणमन्त्री, राप्रपाका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्थामन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्रीमा नियुक्त भएका छन् ।
एमालेका आचार्य र माओवादीका केसी यसअघि नै मन्त्री नियुक्त भए पनि जिम्मेवारीविहीन थिए । केसीले राजीनामाको घोषणा गरेका थिइन । प्रदेशसभामा ४ सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी भने सरकारमा सहभागी भएको छैन । त्यस्तै प्रदेशमा ३/३ सदस्य रहेका जसपा र लोसपालाई पनि सरकारमा भाग दिइएको छैन ।

लुम्बिनी प्रदेशमा पुस २७ गते सरकार गठन भएको थियो भने माघ ५ गते मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved