विवेकशील साझाको प्रथम महाधिवेशन आज समापन हुुँदै

नेपालभ्युज

विवेकशील साझाको प्रथम महाधिवेशन आज समापन हुुँदै

काठमाडौं। विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन आज समापन हुने भएको छ। शुक्रबारदेखि  काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको सो महाधिवेशन आज समापन हुन लागेको हो ।

पार्टीको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरू समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका छन् ।

पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको राजनीतिक दस्तावेज र रमेश पौडेलले पेस गरेको प्रस्तावित विधानमाथि आज छलफल हुने मिलन पाण्डेले जानकारी दिए । उनका अनुसार महाधिवेशनपछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ ।

महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन्। महाधिवेशनले आजै नयाँ नेतृत्वसमेत चयन गर्ने जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved