राष्ट्रपतिको सवारीका बेला डाक्टर कुट्ने प्रहरीलाई कडा कारबाहीको माग

चिकित्सकहरु घटनाको विरोधमा उत्रिएका छन् ।  अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहलाई हातपात गर्ने प्रत्यक्ष एवं अप्रत्यक्ष संलग्न प्रहरी कर्मचारीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरिएको छ ।

नेपालभ्युज

राष्ट्रपतिको सवारीका बेला डाक्टर कुट्ने प्रहरीलाई कडा कारबाहीको माग

काठमाडौं। शुक्रबार राष्ट्पति विद्यादेवी भण्डारीको सवारीका बेला हिँडेको भन्दै प्रहरीले ट्रमा सेन्टरका डाक्टरलाई कुटेको छ । अस्पतालको नियमित ड्युटीको अपरेसनपश्चात् निस्कने क्रममा नेपाल प्रहरीले परियचपत्र खोसी हातपात गर्दा डा. जनिथलाल सिंहको टाउकोमा गम्भीर चोट लागेको थियो । कोइरालाका अनुसार निज चिकित्सकको हाल ट्रमा सेन्टरको आईसीयुमा उपचार भइरहेको छ ।

चिकित्सकहरु घटनाको विरोधमा उत्रिएका छन् ।  अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहलाई हातपात गर्ने प्रत्यक्ष एवं अप्रत्यक्ष संलग्न प्रहरी कर्मचारीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरिएको छ ।

अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा ममता भट्टराई कोइरालाले शुक्रबार विज्ञप्ति निकालेर उक्त घटनाको घोर भर्त्सना गर्दै ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी (पहिलो संशोधन) ऐन २०७९’को व्यवस्थाअनुसार कानुनी कारबाही गरिनुपर्ने बताइन् ।

त्यसैगरी, नेपाल चिकित्सक संघले पनि विज्ञप्ति जारी गरेर सुरक्षाकर्मीबाटै गरिएको त्यस प्रकारको अस्वाभाविक र अत्यन्तै भर्त्सनायोग्य गतिविधिप्रति निन्दा व्यक्त गरेर दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ । संघले २४ घण्टाभित्र दोषमाथि कानुनी कारबाही नगरिएको अवस्थामा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved