साफ यू–२० महिला प्रतियोगिताको उपविजेता टोली नेपाल आइपुग्यो

नेपालभ्युज

साफ यू–२० महिला प्रतियोगिताको उपविजेता टोली नेपाल आइपुग्यो

काठमाडौं । साफ यू–२० महिला फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली शुक्रबार नेपाल आइपुगेको छ ।

शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका हुन् ।

बङ्गलादेशको ढाकामा बिहीबार भएको फाइनलमा नेपाल घरेलु टोलीसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र भुटानको सहभागीता रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved