टर्की र सिरियामा गएको भूकम्पबाट चार अर्ब अमेरिकी डलर बराबरको क्षति

नेपालभ्युज

टर्की र सिरियामा गएको भूकम्पबाट चार अर्ब अमेरिकी डलर बराबरको क्षति

पेरिस । टर्की र सिरियामा गएको भूकम्पका कारण चार अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक क्षति हुन सक्ने तथ्याङ्क मूल्याङ्कनसम्बन्धी काम गर्ने फिचले बिहीबार जनाएको छ ।

टर्की र सिरियामा सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी हालसम्म १७ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको छ ।

फिचले भनेको छ, ‘पूर्ण आर्थिक क्षतिको अनुमान गर्न कठिन छ तर यो क्षति दुई अर्ब अमेरिकी डलरदेखि चार अर्ब अमेरिकी डलर वा त्योभन्दा पनि बढी पुग्न सक्छ ।’

यस क्षेत्रमा बीमा कभरेज कम भएका कारण बीमितको नोक्सानी निकै कम अर्थात् सम्भवतः करिब एक अर्ब अमेरिकी डलर हुने बताइएको छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved