आईएमई डिजिटल सोलुसन र ललितपुर महानगरपालिकाबीच सम्झौता

नेपालभ्युज

आईएमई डिजिटल सोलुसन र ललितपुर महानगरपालिकाबीच सम्झौता

काठमाडौं। आईएमई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौताअनुसार विद्युतीय कर भुक्तानीमा महानगरपालिकाले आईएमई डिजिटल सोलुसन लिमिटेडको मोबाइल वालेट आइएमई पेको प्रयोग गर्ने छ । हालै सम्पन्न सम्झौता–पत्र हस्ताक्षर कार्यक्रममा दुई संस्थाबीच सो सहमति भएको हो ।

सम्झौतापत्रमा ललितपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आईएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गरे ।

सो सेवा आईएमई पे एपमा लाइभ भएपश्चात् ललितपुर महानगरपालिकाका स्थानीय बासिन्दाहरूले स्थानीय सरकारलाई तिर्नुपर्ने कर, जस्तै घर–बहाल कर, सम्पत्ति कर र व्यवसायिक करहरू सजिलै आईएमई पे एपबाट तिर्न सक्नेछन् ।

नेपाल सरकारको घोषित डिजिटल नेपाल अभियानमा स्थानीय तहको सरकारसँग सहकार्य गर्न पाउँदा आईएमई पे परिवार खुसी व्यक्त गरेको छ ।

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved