आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

नेपालभ्युज

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
फाइल तस्वीर

काठमाडौं । आज मंगलबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि  मौसम सामान्यतया सफा रहने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केहि ठाउँमा बदली हुने र केहि ठाउँमा हिमपातको सम्भावना छ ।

आज मङ्गलबार प्रदेश एक, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश एक , बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved