बाराबाट पाल्पा पुगेर ७ वर्ष जेठी महिलालाई होटलमा जबरजस्ती करणी, फर्कन लाग्दा युवक पक्राउ

नेपालभ्युज

बाराबाट पाल्पा पुगेर ७ वर्ष जेठी महिलालाई होटलमा जबरजस्ती करणी, फर्कन लाग्दा युवक पक्राउ
सांकेतिक स्केच

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–५ स्थित होटलमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ७ वर्ष कान्छा युवक पक्राउ परेका छन् ।

बारा जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने २७ वर्षीय मुकेश महतो पक्राउ परेका हुन् । उनी बाराबाट पाल्पा गएका थिए । महिलाका श्रीमान् विदेशमा रहेको बताइएको छ ।

मुकेशले ती महिलालाई शनिबार जबरजस्ती करणी गरेको भन्ने उजुरी आइतबार परेको थियो । उजुरी लगतै युवकलाई प्रहरीले पक्राउ गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved