प्रभु बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता

नेपालभ्युज

प्रभु बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र धुलिखेल स्थित हिमालय दृश्य रिसोर्ट बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट पुतलीसडक शाखा कार्यालय प्रमुख चिजन पौडेल र हिमालय दृश्य रिसोर्टका तर्फबाट सहयोगी निर्देशक बबिता पाण्डेले सोमबार उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि प्रभु बैंकका ग्राहकले हिमालय दृश्य रिसोर्टद्वारा सञ्चालित ‘फुड’ र ‘वेभरेज’ (ए’ला कार्ट मेनु) सेवामा १० प्रतिशतका छुट प्राप्त हुनेछ ।

उक्त सम्झौता अन्तर्गत हिमालय दृश्य रिसोर्टमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा उक्त छुट पाउनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved