ट्याक्टरले ठक्कर दिँदा आमा-छोराको मृत्यु

नेपालभ्युज

ट्याक्टरले ठक्कर दिँदा आमा-छोराको मृत्यु
सांकेतिक तस्वीर।

पाल्पा। पाल्पामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा र छोराको ज्यान गएको हो ।

तानसेन नगरपालिका –१३ बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र उनकी आमा ३९ वर्षीय मीना थापा मिथुन रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए ।

पाल्पाको तानसेनदेखि खानीगाउँ तर्फ जाँदै गरेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई आज बिहान ठक्कर दिएको हो ।

तानसेन– दर्लमडाँडा अन्तर्गत भित्री सडकमा पर्ने बगनासकाली गाउँपालिका–९ झिरुभन्ज्याङ नजिकै ठकुरी बारीमा दुर्घटना भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रण लिएको जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved