भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेपालभ्युज

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं। भारतले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य बढाएर पठाएको छ।

नेपाल आयल निगमकाअनुसार भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको छ भने मट्टितेलमा साढे ४ रुपैयाँ बढाएर  इन्डियन आयल कर्पोरेसनले पठाएको हो ।

त्यस्तै, मट्टितेलको मूल्य ४ रुपैयाँ ६० पैसा र हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आउँदा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको छ ।

भारतबाट बढेर नयाँ मूल्य पाए पनि निगमले आफ्नो उपभोक्ताका लागि नयाँ मूल्य भने निर्धारण गरेको छैन । नयाँ मूल्यपछि निगम १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा जाने देखिएको स्रोतको दाबी छ ।

यसअघि नै निगमलाई भारतीय आयल कर्पोरेसनलाई तिर्नु पर्ने ९ अर्ब र सरकारी ऋण ७ अर्ब गरी १६ अर्ब भन्दा धेरै बक्यौता बाँकी रहेको पनि निगमले जनाएको छ । भारतबाट नयाँ मूल्य आए पनि उपभोक्ता मूल्य तोक्नेबारे भने निगम बोर्ड बैठक वा निगमले निर्णय गर्नु पर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved