अमेरिकी राजदूत थम्पसन र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

नेपालभ्युज

अमेरिकी राजदूत थम्पसन र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृह मन्त्रालयमा आज बिहान भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्धि लगायतका विषयमा कुराकानी भएको हो ।

नेपालको पूर्वाधार विकास, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा पहुँच अभिवृद्धि, जलवायु परिवर्तनको असरबाट पर्ने प्रभाव न्यूनीकरण, ऊर्जाको विकास, प्रविधि हस्तान्तरण लगायतका विषयमा अमेरिकी सरकारबाट हुँदै आएको सहयोगलाई निरन्तरता दिँदै अघि बढ्ने विषयमा छलफल भएको थियो ।

भेटवार्तामा नियोग उपप्रमुख लगायतका प्रतिनिधि, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयका अधिकारीहरूको पनि सहभागिता रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved