गण्डकीका १२ मन्त्रालय खगराजले ७ वटामा झार्दै, मन्त्रिपरिषद् विस्तारको तयारी

मुख्यमन्त्री खगराज अधिकारी आइतबार साँझ सत्तारुढ दलका नेता तथा मन्त्रीहरुसँग छलफल गरेपछि मन्त्रालयको संख्या ७ वटैमा झार्ने निर्णय गरेका हुन् ।

नेपालभ्युज

गण्डकीका १२ मन्त्रालय खगराजले ७ वटामा झार्दै, मन्त्रिपरिषद् विस्तारको तयारी

पोखरा । गण्डकी प्रदेशका तत्कालिन मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय टुक्राएर १२ वटा पुर्‍याएकोमा फेरि ७ वटै कायम हुने भएका छन् ।

मुख्यमन्त्री खगराज अधिकारी आइतबार साँझ सत्तारुढ दलका नेता तथा मन्त्रीहरुसँग छलफल गरेपछि मन्त्रालयको संख्या ७ वटैमा झार्ने निर्णय गरेका हुन् ।

सबै प्रदेशमा सुरूमा बढिमा ७ मन्त्रालय बनाइएको थियो । नेकपा विभाजनले सरकार नै धरापमा परेपछि तत्कालिन पृथ्वीसुब्बा गुरुङले मन्त्रालयको संख्या ११ वटासम्म पुर्‍याएका थिए ।

नेकपा फुटेपछि गठबन्धनको तर्फबाट मूख्यमन्त्री बनेका कृष्णचन्द्र पोखरेलले मन्त्रालय बढाएर १२ वटा पुर्‍याएका थिए ।

अब मूख्यमन्त्री अधिकारीले ५ वटा मन्त्रालय कटौती गर्ने भएका हुन् । मन्त्रालयलको संख्या टुंगो लागेसँगै मन्त्रिपरिषद् पनि सोमबार नै विस्तार हुने भएको छ ।

एमालेले मूख्यमन्त्रीसहित ४ वटा र बाँकी ४ वटा मन्त्रालय माओवादी केन्द्र र राप्रपालाई भाग लगाउने तयारी छ ।


Comment

One thought on “गण्डकीका १२ मन्त्रालय खगराजले ७ वटामा झार्दै, मन्त्रिपरिषद् विस्तारको तयारी

  1. हल्लुंड पत्रकारिता । कांग्रेसका कृष्ण चन्द्र नेपालीले १२ वटा मन्त्रालय बनाएक हुन कि एमालेका पृथ्वी सुब्बा गरुङले गरेका हुन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved