नेकपा बैठकमा महासचिव विप्लवको राजनीतिक प्रतिवेदन पारित

नेपालभ्युज

नेकपा बैठकमा महासचिव विप्लवको राजनीतिक प्रतिवेदन पारित

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको पूर्ण बैठकले पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले पेश गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

 मङ्गलबारदेखि कपिलवस्तु स्थित पार्टीको केन्द्रीय कार्यालयमा जारी बैठकमा पार्टीका १ सय २९ केन्द्रीय सदस्यहरूले महासचिवको राजनीतिक प्रतिवेदनमाथि टिप्पणीसहित आफ्नो कार्यक्षेत्रको रिपोर्ट राखेका थिए ।

बैठकमा विप्लवले ‘पार्टी योजनालाई कडाइपूर्वक लागु गरौं, एकीकृत जनक्रान्तिलाई अगाडि बढाऔँ’ शिर्षकको ११ पृष्ठ लामो दस्तावेज प्रस्तुत गरेका थिए । दस्तावेजमा आन्तरिक तथा बाह्य राजनीतिक शक्तिको विश्लेषण, मूल्यांकन, अबको आवधिक योजनाका संगठनात्मक लक्ष्य, नेपाली क्रान्तिका भावी सम्भावना, चुनौती र पार्टी कार्यभारहरू समेटिएका छन् ।

आइतबार बिहानबाट सुरु हुने बैठकमा महासचिव विप्लवले बैठकमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।  बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन र केन्द्रीय विभागहरू निर्माण गर्ने बैठकमा सहभागी एक नेताले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved