ओलीका ‘दायाँ हात’ मानिने घिमिरे आज सभामुख बन्दै, यस्तो छ राजनीतिक यात्रा

उनी अहिले पनि एमाले प्रदेश १ का इन्चार्ज हुन् । घिमिरेलाई ओलीका सबैभन्दा निकटमध्येका नेताको रुपमा चिनिन्छ ।

नेपालभ्युज

ओलीका ‘दायाँ हात’ मानिने घिमिरे आज सभामुख बन्दै, यस्तो छ राजनीतिक यात्रा

काठमाडौं । प्रतिनिधिसभाका सभामुखमा झापा २ बाट निर्वाचित देवराज घिमिरे निर्वाचित हुने पक्का जस्तै छ ।

आज हुने निर्वाचनमा सत्ता गठबन्धनले घिमिरेलाई र नेपाली कांग्रेसले इश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाएको छ । तर सत्ता गठबन्धनसँग सहज बहुमत रहेकाले एमालेबाट उम्मेदवार बनेका घिमिरे नै सभामुख हुने पक्का जस्तै छ ।

२०१३ जेठ १३ मा ताप्लेजुङ सिकैचा ३ मा जन्मिएका घिमिरेले स्नातक अध्ययन गरेका छन् । घिमिरे यसअघि राष्ट्रियसभा सदस्य भइसकेका छन् । एमालेका स्थायी कमिटी सदस्य रहेका उनी २०५६ मा राष्ट्रिय सभा सदस्य भएका थिए ।

अर्जुनधारा नगरपालिका वडा ६ झापाका उनी २८ हजार ७ सय १६ मत ल्याउदै झापा २ बाट निर्वाचित भएका हुन् । उनले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई २ हजार २ सय ६१ मतले पराजित गरेका हुन् ।

२०७५ मा नेकपाको प्रदेश १ को अध्यक्ष, २०७८ मा भएको एमालेको दशौ राष्ट्रिय महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्य भएका थिए । उनी अहिले पनि एमाले प्रदेश १ का इन्चार्ज हुन् । घिमिरेलाई ओलीका सबैभन्दा निकटमध्येका नेताको रुपमा चिनिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved