विमान दुर्घटना : वेपत्ता शव खोज्न सेती नदीको पानी घटाइयो

नेपालभ्युज

विमान दुर्घटना : वेपत्ता शव खोज्न सेती नदीको पानी घटाइयो

कास्की । यती एअरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेका १ जनाको मात्रै अवस्था अज्ञात रहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख टेकबहादुर केसीका अनुसार सम्पर्कविहीन रहेका १ जनाको खोजी कार्यमा जटिल भएपछि सेती नदीको पानी घटाइएको छ । सेती नदीको पानीलाई याम्दीको पुलबाट सिँचाइका लागि बनाइएको नहरमा हालिएको छ ।

नदीको पानी घटाइएसँगै मंगलबार गोताखोरसहित ड्रोनको प्रयोग गरी शवको खोजी गर्दा सेती खोंच दुर्घटनास्थलभन्दा करिब ७ सय मिटर तल पानीमा एक महिलाको शव भेटिएको हो ।  शवलाई पोस्टमार्टमका लागि पोखराको रामघाटस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार सातवटा शव र हिजो मंगलबार एकजनाको गरी ७१ वटा शव फेला पारिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । अब एकजनाको मात्र अवस्था अज्ञात रहेको छ ।

दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव पोखरामै पोस्टमार्टम गरी कानुनी प्रक्रिया पूरा गराई आफन्तको जिम्मा लगाइएको छ भने बाँकी ४८ जनाको शव नेपाली सेनाको हेलिकोप्टर र जहाजमार्फत काठमाडौं पठाइएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved