आईएमई पेले फेरि ल्यायो मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक

नेपालभ्युज

आईएमई पेले फेरि ल्यायो मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक

काठमाडौं। आईएमई पेले मोबाइल रिचार्जमा ५% सम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ । यसभन्दा अघि ल्याइएको उक्त अफर ग्राहकवर्गको उच्च मागमा पौष ३० गतेबाट पुनः सुरु गरिएको छ ।

यस अफरमार्फत प्रयोगकर्ताहरूले आईएमई पे एप दर्ता गरेको मोबाइल नम्बरमा मोबाईल ब्यालेन्स रिचार्ज गर्दा ५% क्यासब्याक र अन्य कुनै मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा २% क्यासब्याक पाउने जानकारी सार्वजनिक गरेको हो।

हाल सम्म ४० लाखभन्दा बढी प्रयोगकर्ताहरूलाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आइरहेको आईएमई पे ले सो अफर आफ्नो सम्पूर्ण ग्राहक वर्गलाई समर्पित गरेको छ।

कम्पनीले यस अफरको नियम तथा शर्त स्वरूप हरेक प्रयोगकर्ताहरूले १ महिनाको समय अन्तरालमा आफ्नो मोबाइल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम रू. १०० क्यासब्याक र अरु मोबाइल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम रू. १०० क्यासब्याक प्राप्त गर्न सकिने जानकारी पनि दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved