पृथ्वीनारायण शाहको योगदानप्रति विवाद गर्नु आवश्यक छैन : उपप्रधानमन्त्री श्रेष्ठ

नेपालभ्युज

पृथ्वीनारायण शाहको योगदानप्रति विवाद गर्नु आवश्यक छैन : उपप्रधानमन्त्री श्रेष्ठ
फाइल तस्वीर

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहबाट भएको भूमिका बारेमा कसैले विवाद गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

तीन सय एकऔँ पृथ्वीजयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्वारा बुधबार  यहाँ आयोजित चियापान कार्यक्रमा उनले राज्य विस्तारकै क्रममा वस्तुगत तहमा नेपालको भूभागको पुनः एकीकरण उनिमार्फत भएको उल्लेख गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘पृथ्वीनारायणको योदानलाई सम्मान गर्दै सरकारले आजको दिनलाई बिदा दिने कार्यले ऐतिहासिक महत्त्व स्थापित भएको छ ।’

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पृथ्वीनारायणको योगदानका विषयमा कुनै विवाद नै नरहेको टिप्पणी गरे ।

उनले भने, ‘आफूले पहिलेदेखि भन्दै आएको विषय हो, नयाँ मान्यता बोकिएको होइन, राष्ट्रका विभूतिमध्ये उहाँ एक हुनुहुन्छ । जसले विदेशीसँग लडेर आफनो भूमि रक्षा ग¥यो, आधुनिक नेपाल निर्माणमा भूमिका खेल्यो, त्यसको योगदान बिर्सने कुरै आउन्न, उहाँको शालिक तोडफोड हुँदा त्यस बेला विरोध गर्ने मै हुँ ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved