चितवनको भरतपुरमा श्रीमान्-श्रीमती मृत अवस्थामा फेला

नेपालभ्युज

चितवनको भरतपुरमा श्रीमान्-श्रीमती मृत अवस्थामा फेला

चितवन। भरतपुर महानगरपालिका-२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा भेटिएका छन् । भरतपुरको वडा नं. २९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाउँमा २७/२८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २५ वर्षकी शान्ति रानामगर भुइँमा मृत भेटिएका हुन् ।

अहिले प्रहरी घटनास्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गर्ने र अनुसन्धान गरिरहेको छ ।

श्रीमान्-श्रीमतीबीच झगडा भइरहने हुँदा मृतक प्रेमबहादुरले कुटपिट गरेर श्रीमतीको हत्या गरेपछि आफूले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयहरूले बताएका छन् ।

प्रेमबहादुर ज्याला मजदुरी गर्दथे भने श्रीमती गृहणी थिइन् । उनीहरूको एक छोरा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved